Marriage Card Game नेपालको सबैभन्दा प्रिय कार्ड खेलहरूमध्ये एक हो, विशेष गरी दशैं जस्ता चाडपर्वको समयमा। तपाईं यो खेल अब तपाईको मोबाइलमा खेल्न सक्नुहुन्छ, त्यो पनि बिना Wi-Fi !
मुख्य विशेषताहरू:
- अब बिना झन्झट Points Calculate गरौ, Marriage Point Calculator का साथ
- Single Player Mode: Gabbar, Momolisa, र Yomori जस्ता चलाख र रमाइलो Bots 🤖सँग एक्लै खेल्न सक्नुहुन्छ।
- Multiplayer Mode: 🌍विश्वभरका Marriage Game खेलाडीहरूलाई चुनौती दिनुहोस् र Leaderboard मा पहिलो स्थान सुरक्षित गर्नुहोस्!
- Hotspot/Private Mode: साथी र परिवारसँग नजिक या टाढा, जहाँसुकै भएपनि खेल्न सक्नुहुन्छ।
ती दिनहरूको सम्झना गर्नुहोस्, जब तपाईं साथीहरूसँग बस्नुहुन्थ्यो र कार्ड Game खेल्थ्यो। अब, तपाईं टाढा हुँदा पनि सजिलै Marriage Card Game खेल्न सक्नुहुन्छ!
थप सुविधाहरू:
आफ्नै नियमहरू बनाउनुहोस्:
तपाईं आफै खेलको नियमहरू निर्माण गरेर, तपाई र तपाईका साथीहरूको लागि उत्तम नियमहरू बनाउन सक्नुहुन्छ।
चलाख र रमाइलो Bots:
Yeti, Gabbar, र Pataka जस्ता Bots तपाईंलाई वास्तविक व्यक्तिहरूसँग खेलिरहेको महसुस गराउँछन्।
दैनिक उपहारहरू:
प्रत्येक घण्टा रोमाञ्चक गिफ्टहरू दाबी गर्नुहोस् र खेललाई अझ रमाइलो बनाउनुहोस्!
Marriage Card Game कसरी खेल्ने सिकौ है त !!
- कार्डहरूको संख्या: ५२ कार्डको ३ बुक ।
- खेलाडी संख्या: २-५ खेलाडी।
- खेल समय: प्रति खेल ४-५ मिनेट।
खेलको उद्देश्य:
२१ कार्डहरूलाई सेटमा मिलाउनु मुख्य उद्देश्य हो।
शब्दकोश:
- Pure Sequence: एउटै सूटका लगातार तीन या सोभन्दा बढी कार्डहरूको सेट।(जस्तै A♠️, 2♠️, 3♠️, 4♠️)
- Trial: एउटै रैंकका तर फरक सूटका तीन कार्डहरूको सेट।(जस्तै 2♠️, 2❤️, 2♣)
- Tunnella: एउटै सूट र रैंकका तीन कार्डहरूको सेट।(जस्तै 8❤️, 8❤️, 8❤️)
प्रारम्भिक खेल (जोकर देखिनु अघि):
- प्रत्येक पालोमा तपाईले कार्ड टिप्नु पर्छ, र तपाईको हातबाट नचाहिने एउटा कार्ड फाल्नु पर्छ।
- ३ Pure Sequence या Tunnella बनाउन प्रयास गर्नुहोस्।(जस्तै 8❤️, 8❤️, 8❤️; A♠️, 2♠️, 3♠️, 4♠️ ; 2♣, 3♣, 4♣ )
- Superman Card ले Pure Sequence बनाउन मद्दत गर्छ।(जस्तै 8❤️,🦸🏻♂️🃏, 10❤️)
- यी ३ sets देखाउनु पर्छ र जोकर(माल कार्ड) देख्नको लागि कार्ड फाल्नु पर्छ। (3♠️ मानौं माल कार्ड हो)
थप शब्दकोश (3♠️ मानौं माल कार्ड हो):
- Tiplu: जोकर(माल कार्ड) सँग समान सूट र रैंक।(जस्तै 3♠️)
- Alter Card: जोकरसँग समान रैंक तर फरक सूट। (जस्तै 3♣)
- Man Card/Joker: जोकर देखिएपछि सेट बनाउन प्रयोग गरिने कार्ड।(🃏)
- Jhiplu/Poplu: Tiplu जस्तै सूट तर एक रैंक कम/बढी।(जस्तै 2♠️, 4♠️)
- साधारण जोकरहरू: जोकरसँग समान रैंक तर फरक सूटका कार्डहरू।(जस्तै 3❤️)
- Superman Card: विशेष कार्ड जसले प्रारम्भिक र अन्तिम खेलमा सेट बनाउन मद्दत गर्छ।(🦸🏻♂️🃏)
- Marriage: एउटै सूट र रैंकका तीन कार्डहरूको सेट।(2♠️, 3♠️, 4♠️)
अन्तिम खेल (जोकर देखिसकेपछि):
- बाँकी सेटहरू बनाउनुहोस्।
- Jokers, Tiplu, Jhiplu, Paplu, Man Card, र Superman Card ले सेट बनाउन मद्दत गर्छ (जोकरबाट Tunnella बनाउन सकिँदैन)।
Dublee खेल:
- एउटै सूट र रैंकका दुई कार्डहरूबाट ७ सेट बनाएर देखाउनुहोस्। (जस्तै 2♠️, 2♠️)
- त्यसपछि अर्को एउटा सेट बनाएर खेल जित्नुहोस्।
कार्ड खेल्ने पुराना दिनहरू सम्झिएर फेरि रमाइलो गर्न तयार हुनुहुन्छ? अहिले डाउनलोड गर्नुहोस् र Marriage Card Game को मजा लिनुहोस्!
मा अपडेट गरिएको
२०२५ जनवरी ९
कुनै वस्तु एकार्कासँग मिल्दाजुल्दा बनाएर खेलिने गेम प्रतिस्पर्धात्मक मल्टिप्लेयर